इटहरी : इटहरी उपमहानगरपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाईजात्राको अवसरमा भदौ ४ गते मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाईजात्रा पर्वको अवसरमा उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
सूचनाअनुसार नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
यहाँका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने उपमहानगरले जनाएको छ ।
Discussion about this post