काठमाडौं : सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई आगामी भदौ ७ गते बयान लिने तयारी छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो ।
“समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले भने, “उहाँ (रवि लामिछाने)लाई (भदौ) ७ गते बोलाउने तयारी छ ।”
उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् ।
समितिले यसअघि सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका करिब २० जनासँग बयान लिएको छ ।
Discussion about this post