इलाम / आगामी पौष ६ गतेबाट अन्तर क्याम्पस आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगिताको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखा मरब क्याम्पसले गर्ने बताइएको छ ।
प्रतियोगिता कहाँ गर्ने भन्ने टुङ्गो लागेको छैन । जिल्लाको जुनसुकै स्थानमा प्रतियोगिता हुने बताइएको छ ।
इलाम सहित झापा, मोरङ, सुनसरी, पोखरा र काठमाण्डौका गरी ८ टिमको सहभागिता रहने बताइएको छ ।
स्ववियू सभापति दर्शन राईका अनुसार पुरस्कार राशिको बारेमा केही दिनपछि मात्र टुङ्गो लगाइने छ ।
फाइनल खेल पुस १३ गते हुने बताइएको छ ।
Discussion about this post