विराटनगर । घरमा जोडेको मोटरबाट करेन्ट लागेर विराटनगरमा सोमबार एक जना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घरको कलमा जडान गरिएको मोटरबाट विराटनगर महानगरपालिका–१४ जतुवाकी ४२ वर्षीया सरीतादेवी यादवलाई साँझ ५ः३० बजेतिर करेन्ट लागेको थियो । एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः१५ बजेतिर मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।
Discussion about this post