काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, संविधान संशोधनको विषय एउटाको आँट अर्काेले हेर्ने विषय नभएको भन्दै सबै मिलेर आँट गर्नुपर्ने बताए ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानमा संशोधनको कुरा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताए । उनले संविधान संशोधनको आँट सबै मिलेर गर्नुपर्ने बताए ।
उनले भने,‘संविधानमा संशोधनको कुरा गर्दा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताकाआधारमाहुने हो । त्यसमा सरकारको मात्रै होइन, सम्मानीत संसद्को पनि आँट चाहिन्छ । एउटाको आँट अर्काेले हेर्ने विषयहोइन, सबै मिलेर आँट गर्ने विषय हो ।’
विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने सरकारले नीति अवलम्वन गर्ने बताए ।
उनले भने,‘ जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रुपमा विकास भइरहेका छन् । विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जाननदिन र पूर्ण सदुपयोग गर्ने नीति सरकारले अवलम्वन गर्नेछ।’
सरकारले वित्तनीति र मौद्रिक नीतिमार्फत निजीक्षेत्रको मनोबल बढाउने,सम्पन्न भएका आयोजनाहरुका भुक्तानी दिनुपर्ने लगायतका कार्ययोजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।
Discussion about this post