इटहरी : सफ्टी हाइजिन प्रालिले नेपाली महिलाहरूको चाड हरितालिका तीजको अवसरमा ‘ढल्काएर छड्के तिलहरी’ नामक नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा नायिका वर्षा शिवाकोटीको अभिनय रहेको छ ।
सुशभनाथ उप्रेती र यादव घिमिरेले लेखेको गीतमा शान्तिश्री परियार र भानुभक्त ढकालको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोका निर्देशक गम्भीर विष्ट रहेका छन् ।
सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने उद्देश्यले ‘छड्के तिलहरी प्रतियोगिता’ समेत आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले उक्त गीतमा रिल्स वा भिडियो तयार गरेर सामाजिक सञ्जालमा सफ्टी हाइजिन प्रालिको अफिसियल पेजमा ट्याग गर्नुपर्ने बताइएको छ ।
सञ्जालमा सबैभन्दा धेरै भ्यूज आउने, उत्कृष्ट नृत्य गर्ने तथा कम्पनीका उत्पादनहरूलाई सृजनात्मक ढंगले प्रस्तुत गर्नेे प्रतियोगीहरूमध्यबाट उत्कृष्ट ५० जना प्रतियोगीलाई छनौट गरि गोलाप्रथाद्घारा विजेता घोषणा गरिने बताइएको छ ।
तीन जना प्रतियोगीहरूले पुरुस्कार स्वरूप सुनको छड्के तिलहरी, २५ जनाले साडी र अन्य बाँकी सहभागीहरूले कम्पनीको विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्ने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले भाद्र १८ गते काठमाण्डौको एक होटलमा कार्यक्रम आयोजना गरी विजेताको घोषणा गर्ने तयारी गरेको छ ।
Discussion about this post