काठमाडौं : विभिन्न युवा अभियान्ताहरूको नेतृत्वमा केपी शर्मा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागी हुन आम जनतालाईसमेत आह्वान गरेका छन् ।
अभियान्ताहरू निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, विजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल, खेमराज साउदले ओली–देउबा गठबन्दनले भ्रष्टाचारी बचाउन गरेको तिगडमविरूद्ध बालुवाटार घेराउन गर्न लागेको बताएका छन् ।
वक्ताहरूले बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफू, आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन ओली सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनीहरूले आरोप लगाएका छन् ।
उनीहरूले ललिता निवास, भूटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।
Discussion about this post