इटहरी : हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा तिलक भट्टराई ‘अञ्जन’को परिकल्पनामा माइती बिरानी बोलको तीज गीत सार्वजनिक भएको छ।
गीतमा तिलक भट्टराई ‘अञ्जान’, खुमन पराजुली, गंगाधर पाण्डे, तिलक भट्टराई ‘कल्पित’, मौसम श्रीस ,लीला ढकाल, विष्णु भट्टराई, सुस्मिता क्षेत्री र पिमसरा आले मगर स्वर रहेको छ। कला तिवारी ‘अञ्जली’ , मौसम श्रीस लगायत कलाकार रहेको भिडीयो आकर्षक बनेको छ।
तिलक भट्टराई ‘अञ्जान’, खुमन पराजुलीको शब्द रहेको गीतमा तिलक भट्टराई ‘कल्पित’को निर्देशन र लय रहेको छ । कृष्ण पाण्डे र पङ्कज पौडेलले छायाङ्कन गरेको भिडीयोलाई कला तिवारी ‘अञ्जली’ले सह-निर्देशन गरेकी छिन्। गीतको भिडियो अञ्जन तिलक (तिलक भट्टराई) नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो
Discussion about this post