संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको (अडिट टु) मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारुको मृत्यु भएको हो । बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आइतबार साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए ।
उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post