विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा बैठक सुरू भएको छ ।
नामकरणका लागि सत्तारूढ दल एमालेले कोशी प्रदेश र विपक्षी दल नेकपा एकीकृत समाजवादी र सत्तारूढ दल जनता समाजवादी पार्टीले किरात(लिम्बुवान(सगरमाथा प्रदेशका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ ।
प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
नामकरण प्रक्रिया अघि बढेपछि सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले विराटनगरका केही स्थानमा धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।
Discussion about this post