काठमाडौँ । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफूलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।
उनले भनेका छन् ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लगाएका छन् ।
मङ्गलवार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।
Discussion about this post