विराटनगर । नुहाउने क्रममा पोखरीमा डुबेर मोरङको रंगेलीमा बुधबार बिहान १ जनाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–१ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार बिहान ११ बजेतिर नुहाउने क्रममा साह स्थानीय जनकलाल ठाकुरको पोखरीमा डुबेका थिए ।
पोखरीमा डुबेका साहलाई खोजी गर्ने क्रममा मृत फेला पारिएको थियो । स्थानीयको सहयोगमा प्रहरीले शवलाई पोखरीबाट बाहिर निकालेको छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाउने तयारी भइरहेको छ । घटनाको अनुसन्धान थालिएको प्रहरीले जाएको छ ।
Discussion about this post