झापा : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ हिकोला मोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार (आज) साँझ ५ बजेतिर बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको यात्रुबाहक बस प्र १–०२–००२ ख ००३५ ले बाटो काट्दै गर्दै गरेको मोटरसाइकल प्र १–०१–०१३ प ५७०० लाई ठक्कर दिएको थियो।
दुर्घटनामा इलामको माई नगरपालिका वडा नम्बर ४, गैरीगाउँ निवासी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचकोटीसहित ३६ वर्षीय ठिरप्रसाद सुवेदी घाइते भएका थिए ।
उनीहरूलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा पाँचकोटीको मृत्यु भएको हो भने मोटरसाइकल चालक सुवेदीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनापछि बस र चालक झापाको कन्काई नगरपालिका ३ का २९ वर्षीय हिमाल बिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
Discussion about this post