इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ ।
हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post