विराटनगर । विराटनगरको एउटा विद्यालयबाट हाम फालेर एक जना छात्रा घाइते भएकी छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले सोमबार दिउँसो ३ बजेतिर हाम फालेकी हुन् ।
उनले विद्यालयको दोस्रो तलाबाट हाम फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
विराटनगर–१ घर भएकी छात्रा लडेको अनुमान सुरुमा गरिएको भएपनि पछि आफैं हाम फालेको पत्ता लागेको छ ।
डीएसपी बस्नेतका अनुसार विद्यालयमा रहेको सीटी क्यामेरा फुटेजमा आफैंले हाम फालेको देखिन्छ ।
अवस्था मध्यम रहेकी उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी बस्नेतले जानकारी दिए ।
Discussion about this post