Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राष्ट्रपतिको उम्मेदवार बनाइएको बताएका छन् ।
आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
राष्ट्रपति चुनाव अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई अभिमुखीकरण दिन बिहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले ओलीद्वारा गएको पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरेका हुन् ।
गएको पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र नभई १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको समेत पौडेललाई नै समर्थन रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैँमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ– देश अप्ठ्यारो परिस्थितिमा छ, तपाईँ र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर उहाँले मान्नुभएन । त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।’
Discussion about this post