काठमाण्डौं : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आफ्ना सदस्यहरूलाई ६ लाख ५० हजार उपचार सहयोग प्रदान गरेको छ ।
जिफन्टले स्थापना गरेको एक्यबद्धता कोषबाट २६ जना विभिन्न रोगबाट ग्रसित सदस्यहरूलाई जनही २५ हजारका दरले उपचार सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भएको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगौला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरी जम्मा २६ जनालाई उक्त उपचार सहयोग गरिएको हो ।
उपचार सहयोग पाउनेहरूमा यातायात श्रेत्रका श्रमिकहरू आठ जना, निर्माण क्षेत्र (क्युपेक नेपाल)का सात जना स्वास्थ्य स्वयमसेवी श्रमिकहरू चार जना, होटल क्षेत्रका श्रमिकहरू दुई जना, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरू तीन जना र घर आधारित श्रमिकहरू दुई जना रहेको जिफन्टका महासचिव तथा एक्यबद्धता कोषका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिए ।
Discussion about this post