धरान/ प्रदेश सभाबाट कोशी प्रदेश नामाङ्कन गरिएको विरोधमा आज पनि लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले भानुचौकमा विरोध प्रदर्शन गर्दै ‘कोशी प्रदेश’ नामाङ्कनलाई प्रतिकात्मक रूपमा जलाएका छन् ।
सोही बेला कोशी प्रदेशको विरोधमा नाराबाजी गर्दै शान्ति पथबाट निस्किएको राँके जुलुस भानुचौकमा आएर समापन गरिएको थियो । राँके जुलुस समाजवादी युवा मञ्चले छुट्टै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले भानुभक्तको शालिक वरिपरि उभिएर करिब आधा घण्टा नाराबाजी गरेका थिए । उनीहरूले कोशी प्रदेश, खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश मान्दैनौँ, लिम्बुवान, किरात नामकरण गर लगायतका नाराबाजी गरेका हुन नाराबाजी पछि परिणत भएको कोणसभामा संयुक्त सङ्घर्ष समितिका अगुवा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले पहिचान विरोधी तथाकथित ठुला पार्टीहरूले कायरतापूर्वक प्रदेश सभालाई बन्दी बनाएर कोशी प्रदेश नामकरण गरेकोमा भर्त्सना गर्दै कोशी नाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
सङ्घर्ष समिति सहित पहिचानवादी राजनीतिक दलका नेता कार्यकार्यहरुले हात हातमा लिएर ‘कोशी प्रदेश’ लेखिएको फोटोकपी जलाएका हुन् ।
Discussion about this post