काठमाडौँ : यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थिहरुको लागि सबै तयारी पुरा भएको जानकारी गराएको हो ।
पहिलो लाम गुह्येश्वरी–गौरी घाट–उमा कुण्ड–दक्षिणा मूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।
यसै गरी तेस्रो लाम पिङ्गल स्थान–वन काली–चार शिवालय हुँदै पञ्च देवल पूर्व–बज्र घर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीस पुतली–गौशालातर्फबाट पिङ्गल स्थान–वन काली–चार शिवालय हुँदै पञ्च देवल पूर्व–बज्र घर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ ।
मेलामा चोरि र लुटपाटको घट्नाहरु हुन नदिन कोषले महिला दिदिबहिनिहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म ससाना कल बालिका साथमा लिएर नआउन अनुरोध गरेको छ ।
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै बिहीबारदेखि सुरक्षा व्यवस्था कडा पारिएको कोषले जनाइको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभाको कार्यालयमा व्यवस्था गरिएको छ ।
सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुण धारा, कैलाश डाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राम मन्दिरको मुनि लगायत स्थान छुटाइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वन काली, गौशाला, जयवागेश्वरी, मित्र पार्क तोकिएको छ ।
Discussion about this post