Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

मोरङ । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय एक बालकको हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय ३५ वर्षीय बिरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन् ।
सुनवर्षी १ का डिल्लीबहादुर माझीका १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केका थिए ।
साँझसम्म घर नआएपछि खोजतलासको क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको अवस्थामा फेला पारिएको थियो ।
फागुन १७ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी भएपश्चात प्रहरीले सउक्त स्थानमा उत्खनन गर्दा बालकको शब फेला परेको थियो ।
बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका वीरेन्द्र पासवान र डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post