इटहरी । डिजिटल पेन्ट्सले चाडपर्वको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।
‘‘डिजिटलको हर्ष,उपहारको बर्षा” योजना सार्वजनिक गरेको हो । यो योजना भदौ १५ देखि सुरु भएको र मङ्सिर ३० गते सम्म लागू हुने कम्पनिले बताएको छ ।
योजना अन्र्तगत १ जना ग्राहकले ५५ इन्चको एलईडी टिभी बम्पर उपहारमा जित्न सक्ने साथै वासीङ्ग मेसीन, ल्यापटप , फ्रिज, मिक्चरहरु जित्न सक्ने कम्पनिले जनाएको छ ।
पेन्ट्सको प्रत्येक ५० हजारको खरीदमा १ थान कुपन पाईने र सोही कुपनका आधारमा विभिन्न उपहारहरु जित्न सकिने कम्पनिले जनाएको छ । २ थान कुपन वरावरको खरीदमा सियोर सटमा एक थान आर्कषक भित्ते घडी पाउन सकिने कम्पनीले जनाएको छ । एक साइट दर्ता मार्फत १ थानसियोर सट उपहार पाईने कम्पनिले जनाएको छ ।
डिजिटल पेन्ट्स प्रालीको आधीकारीक विक्रेता तथा डिलरहरुबाट सामान खरिद बापत कुपन पाईने र समय अवधी सकिए पछी फेसबुक लाईभ मार्फत लक्कि ड्र गरेर बिजेता घोषणा गरी पुरस्कार प्रदान गरीने कम्पनीका प्रमुख परीचालन अधिकृत मणिकुमार आचार्यले बताए ।
उपहार दावी गर्न विजेताले अनिवार्य कुपनको अर्धकट्टी, साईट दर्ता नं र अर्धकट्टिसगँ मेल खाने परिचयपत्र सहित आउनुपर्ने उनले बताए । विजेताले प्राप्त गरेको उपहारमा नेपाल सरकारको नियमअनुसार कर लाग्ने र योजना सम्बन्धि सम्पूर्ण अधिकार कम्पनीमा रहने समेत आचार्यले बताए ।
कम्पनीले बाहिरको वालको लागि १२ बर्षे, ७ बर्षे वारेन्टी सहित ३ ईमल्सन, भित्रको वालको लागि ३ ईमल्सन, ड्याम्प– गार्ड, गोल्ड, सिल्भर, इनामेल, वाल पट्टि साथै भित्रबाहिरको लागि विभिन्न प्राइमरहरू उत्पादन गरि पूर्वका विभिन्न शहरबाट बिक्री वितरण गरी रहेको छ।
जर्मन प्रविधि बाट उत्पादित उच्च गुणस्तरीय सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कम्पनीले उत्पादन गरेको रङ्गहरु छोटो समयमा नै ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको छ ।
Discussion about this post