काठमाडौँ – नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो।
मंगलबार काठमाडौँमा एक समारोह आयोजना गर्दै एनसेलले व्यावसायिक सामाजिक परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरी आफ्नाे १९ औँ वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ। एनसेलले सामाजिक कार्यहरू गरेको रेकर्डरहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
१९औँ वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा रु २० करोड सामाजिक पलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारा ओलम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ। यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् ।
गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् । एनसेलले आफ्नो स्थापना काल देखि आज सम्म रु ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाई सकेको जनाएको थियो। १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न शिविरहरु गर्ने बताएको छ।
साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने छन् ।
२०७२ सालको भूकम्पपछि प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको, आफ्ना परिवारजन तथा आफ्न्तहरुसँग सम्पर्कमा रहिरहन ग्राहकहरूलाई रु १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको, कोभिडको बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान सहयोग गरेकाे, गत वर्षको जाजरकोट भूकम्पपछि कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको, कम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन गरेको र २०७१ सालमा देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको जानकारी गराएको थियो।
Discussion about this post