विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी मङ्गलवार जापान प्रस्थान गरेका छन् ।
१६ वटा देशका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन निर्देशक भण्डारी मङ्गलवार साँझ जापान प्रस्थान गरेका हुन् ।
द एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एन्ड सस्टेनेबल पार्टनरसिपको आयोजनामा हुन गइरहेको औद्योगिक सम्बन्ध र मानव स्रोत तथा व्यवस्थापन सम्बन्धी १५ दिने अन्तर्राष्ट्रिय सेमिनारका लागि उनी जापान गएको महासङ्घले जनाएको छ ।
भण्डारी नेपाल उद्योग वाणिज्य महासङ्घको एक मात्र प्रतिनिधिका रूपमा सेमिनारमा सहभागी हुने जनाइएको छ ।
Discussion about this post