काठमाडौँ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन्। दोस्रो पटक पनि पत्रकार महासङ्घको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजीनामा दिएका हुन्।
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियो। बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखे पनि विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरूले भनेका थिए।
नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ। यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको बताइएको छ।
पत्रकार महासङ्घ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो। महासङ्घ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियो। असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ।
Discussion about this post