इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोसी नदी किनारबाट अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बेवारिसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको हो ।
गएराति साढे १ बजेतिर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोसी नदीमा तीन वटा ट्युव माथि ८ वटा बोरामा दुई सय ४८ किलोग्राम गाँजा बरामद गरेको रेग्मीले जानकारी दिए । सप्तकोसीमा बग्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको उनको भनाइ छ ।
प्रहरीले गाँजा नियन्त्रणमा लिएर त्यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post