विराटनगर : कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।
विषयगत समितिका सभापतिहरूको निर्वाचन तालिकाअनुसार आज (बिहीबार) मनोनय दर्ता र शुक्रबार निर्वाचन हुने जानकारी गराइएको थियो ।
तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले आज मनोनयन दर्ता गराएका थिए ।
प्रत्येक समितिमा एक÷एक जनाले मात्र मनोनय दर्ता गरेकाले उउनीहरू निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
समितिका सभापतिहरूमा नेकपा (एमाले) र नेपाली कांग्रेसका तीन÷तीन जना र नेकपा (माओवादी केन्द्र)का एक जना निर्विरोध निर्वाचित भएका छन् ।
Discussion about this post