सुनसरी /एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरी जिल्लाको पहिलो अधिवेशनले गणेशप्रसाद भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
इटहरीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षद्वयमा उमेश गौतम, वर्षा तिम्सिना चुनिएका छन् । सचिवमा शिवराज खड्का चयन भएका छन् ।
यस्तै सहसचिवमा गोबिन्द तिम्सिना र कोषाध्यक्षमा टेकबहादुर कार्की चुनिएका छन् । समितिका सदस्यमा सुवास भुजेल, निला ढुंगाना, गणेशमान श्रेष्ठ, सुमन थापा, लीलाकुमार माझी, लक्ष्मीकेशर रायमाझी, चन्द्र बजगाईं, गोपाल धिमाल, सुदिप ढकाल, प्रेम राई, सविता न्यौपाने, चुनु अधिकारी, राजेन्द्र शर्मा, कुमारसिंह राई र पवन परियार चयन भएका छन् ।
जिल्ला समितिबाट हिमाल श्रेष्ठ, गणेशबहादुर कार्की, लीला अधिकारी, रमेश रेग्मी, वीरेन्द्रकुमार चौधरी, करुणा भट्टराई, किशोर श्रेष्ठ, खड्गबहादुर थापासहित ८ जना केन्द्रीय प्रतिनिधिम चयन भएका छन् ।अधिवेशनले प्रदेश प्रतिनिधिहरुको पनि टुंगो लगाएको छ । जसअनुसार एमकुमार थापा, रबिन घिमिरे, जानुका सुबेदी, नीलकमल निरौला, जीवन बस्नेत, ज्ञानबहादुर राई, फणिन्द्र तिम्सिना र बानु आचार्य प्रदेश प्रतिनिधिका रुपमा चयन भएको निवर्तमान सचिव खड्गबहादुर थापाले बताए ।
संगठनका कोशी प्रदेश संयोजक भुवन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा प्रशिक्षण विभागका प्रमुख प्रकाश राई, पेशागत महासंघका केन्द्रीय सदस्य केशब खतिवडालगायत सहभागी थिए ।
शनिबार मोरङ र उदयपुरमा आयोजना हुने अधिवेशनले त्यहाँको नयाँ समिति चयन गर्ने जनाइएको छ ।
फागुन २३ गतेभित्र कोशी प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन गरिसक्ने र फागुन २४ मा पहिलो प्रदेश अधिवेशन गर्ने तयारीका साथ काम भइरहेको प्रदेश अधिवेशन व्यवस्थापन समितिका संयोजक तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राईले बताए।
Discussion about this post