इटहरी । इटहरी इन्टरनेशनल कलेजद्वारा आयोजित ‘आईआईसी इनोभेक्स २.०’ हेराल्ड कलेज काठमान्डौँले जितेको छ ।
‘जहाँ बौद्धिक मस्तिष्कहरू एकजुट हुन्छन्’ भन्ने मूल नाराको साथ भदौ २६ देखि २८ गतेसम्म इटहरी इन्टरनेसनल कलेजमा सो कार्यक्रम सञ्चालन भएको थियो ।
आईआईसी इनोभेक्स २.० महेन्द्र बहुमुखी क्याम्पस दोस्रो भएको छ भने काठमान्डौ विश्व विद्यालय स्कुल अफ मेनेज्मेन्ट तेस्रो भएको छ ।
त्यसका अलाबा सिईओ क्रोनाइल्स , मार्केटिङ मेभन,फाईनेन्सीयल फिट, लिगल सिप्पोस्म लगायतका बिधाहरुमा समेत विभिन्न कलेज र कलेजका विद्यार्थिहरुलाई पुरस्कृत गरीएको थियो ।
कलेजमा गत वर्ष पनि सो कार्यक्रम भएको थियो । यस वर्षको कार्यक्रम ब्यबस्थापन अध्ययनरत विद्यार्थीहरू बिच बौद्धिक प्रतिस्पर्धा , नयाँ सीपहरू विकास, र अन्य कलेजका विद्यार्थीहरूसँग नेटवर्किङ गर्नको लागि थप प्रभावकारी भएको कार्यक्रमका मेन्टर विकास वनले बताए ।
आईआईसी इनोभेक्स २०२४ मा देशभर व्यवस्थापन विषय पढाई हुने विद्यालय र विश्वविद्यालयहरूबाट विद्यार्थीहरूको सहभागिता रहेको उनले बताए ।
आईआईसी इनोभेक्सको २०२४ को विजेता बनेको हेराल्ड कलेज काठमान्डौँलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
गत वर्षको कार्यक्रमले शैक्षिक ज्ञान र व्यवहारिक प्रयोग बिचको दूरीलाई समेत उजागर गरेको र यसबर्ष पनि देशै भरका १७ वटा कलेजका ८५ जना बिद्यार्थीहरु कार्यक्रममा सहभागी भएको कलेजले जानकारी दिएको छ ।
आईआईसी इनोभेक्स २.० मा दमक मल्टिपल क्याम्पस झापा,बालकुमारी कलेज चितवन, महेन्द्र मल्टिपल क्याम्पस धरान, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगर,सिन्धुली मल्टिपल क्याम्पस सिन्धुली,काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुर, विराटनगर इन्टरनेशनल कलेज विराटनगरका विद्यार्थीहरू सहभागी भएका थिए ।
यसै गरी विश्व आदर्श कलेज इटहरी,सुष्मा गोदावरी कलेज इटहरी ,मेची मल्टिपल क्याम्पस भद्रपुर,धनकुटा मल्टिपल क्याम्पस, धनकुटा, गोमेन्द्र मल्टिपल कलेज बिर्तामोड, डिग्री क्याम्पस विराटनगर, बाल्मीकि लिङ्कन कलेज बिर्तामोड, इटहरी इन्टरनेशनल कलेज मोरङ, इस्लिङटन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौँका विद्यार्थिहरु सहभागी भएको कार्यक्रमका मेन्टर विकास वनले जानकारी दिए ।
Discussion about this post