विराटनगर : विराटनगर आँखा अस्पतालले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा अस्पतालले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
अस्पताल व्यवस्थापन समिति सदस्य विजयहरी शर्माले स्वागत मन्तव्य राख्दै सेवा प्रवाहमा अविस्मरणीय योगदान पुर्याएको जनाए ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. ललित अग्रवालले अस्पतालले गत वर्ष प्रदान गरेका सेवा सुविधाहरू, अस्पतालको लक्ष्य तथा उपलब्धि र आगामी दिनका योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्यनारायण चौधरीले धन्यवाद ज्ञापन गर्दै अस्पताललाई समायानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्दतिलाई अंगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए ।
वीर अस्पतालमा रहेको नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग सम्बन्धन लिएर अस्पतालले युनिभर्सिटीमा अध्यापन कार्यक्रम चलाइरहेको छ । जहाँ प्रत्येक वर्ष तीन जना आँखाको डाक्टर बन्नका लागि अध्ययन गरिरहेका छन् । उनीहरूले अब जाँच दिएर उतीर्ण भए लगत्तै आँखाको डाक्टर बन्नेछन्। त्यस्तै अर्को फेलोसीप ट्रेनिङ्ग हुने अस्पतालले जनाएको छ ।
जसमा आँखाको डाक्टर भइसकेका डाक्टरहरू फेरि सब इस्पेसिलिस्ट हुनका लागि उनीहरूलाई ‘ट्रेन’ गरिन्छ । अहिले ११ जना सब इस्पेसिलिस्टका लागि फेलोसीप गर्दैछन् । इस्पेसिफिक इस्पेसिलिस्ट बन्नका एकदेखि दुई वर्षसम्मको टेनिङ्ग लिनु पर्ने हुन्छ अस्पतालको भनाइ छ ।
अस्पतालले विराटनगरबाहिर इटहरीमा इटहरी आँखा अस्पतालको तथा इलामको फिक्कलमा फिक्कल आई केयर नाउँमा वाट सेकेण्डरी लेभल आँखा असताल सञ्चालन गर्दै आएको छ । ती अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया समेत हुँदै आएको छ ।
यो सेकेण्डरी लेभल आँखा अस्पताल बाहेक कोशी प्रदेशमा १८ वटा आँखा उपचार केन्द्र रहेका छन् । अस्पतालले विराटनगरमा मात्र नभएर देशका धेरै जिल्लाहरूसहित भारत, भुटान तथा बंगलादेशका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
अप्थ्यामोलोजिमा हुने सबै सब–इस्पेसलिस्टहरू अस्पतालमा छन् । जसमा कर्निया, दृष्टिपर्दा, जलबिन्दु, अकुलोप्लाष्कि, लोभिजन, मोयोपिया, आरओपी, बच्चाको आँखा, आँखाको नशा, आँखाको क्यान्सर, युभिआइटिस् रोग गरी विभिन्न १० प्रकारका सब इस्पेसलिस्टहरू अस्पतालमा छन्।
समारोहमा नेपाल नेत्र ज्योति संघ कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, द्रोण गुराँगाई, सुर्यलाल यादव, सुधीर कुमार ठाकुर, भरत थापा लगायतका आमन्त्रितहरूको उपस्थिति रहेको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।
Discussion about this post