विराटनगर । विराटनगर जेसीज ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तरगतको जेसीज विराटनगर रन कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर तिनपैनीबाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय, गोल्छाचोक हुँदै पुनः तीनपैनी पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगिताका ४६१ जना सहभागीमध्ये पुरुषतर्फ ओसन राई प्रथम, अमर यादव दोश्रो, राहुल रोय तेस्रो ,सन्तोष चौथो ,अमित बहरदार पाचौं र बिपिन चौधरी छैंठो भएका थिए ।
महिलातर्फ अंशु मण्डल प्रथम, अमृता राजबन्शी दोश्रो र समीक्षा डंगोल तेस्रो भएका थिए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोद,ि प्रदेश सभा सदस्यहरु अमृत अर्याल, गयानन्द मण्डल, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मोरङ जिल्ला एसपी दिपक पोखरेल, उद्योग परिसङ्घ प्रदेश नम्बर १ अध्यक्ष भीम घिमिरे, लायन्सका नेता राजन खत्री, लीला ढुङ्गेललगायतको उपस्थिति थियो ।
समाजसँग जेसीज जोड्ने अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवेश दुलालले बताए ।
स्वर्ण जयन्ती समारोह समितिका संयोजक गोपाल गुप्ताले ५० वर्ष पुगेको सुखद अवसरमा आयोजना गरिएको स्वर्ण जयन्ती सप्ताह अन्तरगतको कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने गरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने बताए ।
जेसीज सप्ताह मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले विराटनगर रनलाई एेतिहासिक ५० बर्षको कार्यक्रममा जोड्नु पर्ने बताए ।
Discussion about this post