काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ ।
उपाध्याय शनिबार काठमाडौंको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौं तलाबाट खसेपछि गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि अन्नपूर्ण अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा उपाध्यायको निधन भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उपाध्याय समाजवादीका अध्यक्ष नेपालका भाइ हुन् ।
Discussion about this post