इटहरी : इटहरीमा असोज २ गते देखी नगर बस सञ्चालनमा आउने भएको छ ।
सोमबार मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै असोज १ गते बसको शुभारम्भ हुने र असोज २ गते देखि नगर बस सञ्चालनमा आउने बताएका छन् ।
४ वटा नगर बसले इटहरीको पूर्व, पश्चिम, उतर र दक्षिणका ४ वटै दिसाहरूका ग्रामीण क्षेत्रमा सेवा दिने इटहरी वडा नं ६ का वडा अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले बताए ।
नागरिकलाई सहुलियतपूर्ण ढङ्गमा सेवा उपलब्ध गराउन बसको भाडा २० रुपैयाँ मात्र तोकिएको समेत उनले बताए ।
नगर बस बिहान ७ बजेबाट ११ बजेसम्म चल्ने ११ बजे देखी २ बजे सम्म ब्रेक र फेरी २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित रूपमा नगर बस चल्ने छ प्रवक्ता पोख्रेलले भने । नगर बस धरान विराटनगर सडकमा तरहरादेखि वडा नं .१३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म साथै साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेती पुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट ताल तलैया, त्रिभुवन चोक, देवस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगामी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सिमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा रुटहरूमा सञ्चालन हुने उनले बताए ।
इटहरी उपमहानगरपालिकाले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास लिएको इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले बताए ।
विद्युतीय बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने समेत मेयर हेम कर्ण पौडेलले बताए ।
Discussion about this post