इटहरी : इटहरीमा व्यवस्थित सभा हल इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन ।
यसैबीच इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माणको काम सुरु भएको गरेको छ ।
व्यवस्थित सभा हलको शिलान्यास गर्दै मेयर हेमकर्ण पौडेलले इटहरीबासीको सपना पूरा हुन लागेको बताए ।
नगरस्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीका लागि निकै चासोपूर्वक हेरिएका ठूला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख पौडेलले बताए ।
उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकासे पुल पनि चाँडै शिलान्यास गरिने पौडेलले बताए । यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने उनको दाबी छ ।
बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण सुरु भएको छ । उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । ५ नं. वडास्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकपटकमा पाँच सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ ।
काव्यवाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा तीन तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इञ्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
तीन तलाको भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’को सभा हल निर्माण हुनेछ । ‘तीन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो,’ उनले भने । यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए । निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने घिमिरेले बताए ।
योसँगै अन्य साना किसिमका दुई वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इञ्जिनियर घिमिरेको भनाइ छ ।
निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठूला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको दाबी छ । ठूला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ । सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।
आवेदन परेकामध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ ।
आकासे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठूलो आवश्यकताका योजना हुन् । यी योजनाहरूलाई इटहरीबासीले लामो समयदेखि माग गरिरहेका छन् । सहरको आवश्यकता देखिएका योजनाहरू निर्माण सुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीबासीमा आशा थप्न सकिने जानकारहरू बताउँछन् ।
Discussion about this post