इटहरी । क्यानाडाको एडमन्टनमा भएको दुर्घटनामा एकजना नेपाली युवाको मृत्यु भएको छ । एडमण्टनस्थित एक कम्पनीमा प्लान्ट सुपरिटेन्डेन्टका रुपमा कार्यरत ३२ वर्षीय समीर सुबेदीको मृत्यु भएको परिवारले जनाएको छ ।
तयारी खाना उत्पादन गर्ने कम्पनीमा कार्यरत रहेका बेला भएको दुर्घटनामा उनको मृत्यु भएको थियो।
मार्च २ का दिन भएको दुर्घटनामा उनको मृत्यु भएको भाइ सवीरले जानकारी दिएका छन् ।
उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएका उनले युनिभर्सिटी अफ अल्बर्टाबाट फुड साइन्स विषयमा २०२० मा स्नातक तहको अध्ययन पूरा गरेका थिए ।
Discussion about this post