बझाङ : बझाङको सेती नदीमा ट्याक्टर खसेकाे छ।
बुधबार बिहान १० बजे आसपासमा दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर सेती नदिमा खसेकाे हाे।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार ट्याक्टर नदिमा खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।
बेपत्ता हुनेमा चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षिय सञ्जय बुढा रहेका छन भने अर्का व्यक्तिको नाम खुलेकाे छैन।
अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वकाे टोलीले खोजी कार्य गरिरहेको छ।ट्याक्टर अनियन्त्रित भई ५० मिटर तल नदिमा खसेकाे उनले बताए।
Discussion about this post