इलाम । इलामको चुलाचुली गाउँपालिकामा अजिङ्गरले बाख्रा निलेको छ । गाउँपालिकाको वडा नम्बर एक स्थित कमल भन्ने ठाउँमा अजिङ्गरले बाख्रा निलेको हो ।
चरनमा छोडिएका बाख्रा मङ्गलवार देखी नै हराए पछि किसानले खोजी गर्ने क्रममा नजिकै अजिङ्गर फेला पारेका थिए । अजिङ्गरको पेट फुलिएको अवस्थामा देखेपछि सोही अजिङ्गरले बाख्रा खाएको शङ्का गरिएको थियो । करिब १० देखी १५ किलो तौल ग्रामको बाख्रा हराएको थियो ।
स्थानीयले फेला पारेको सो अजिङ्गरलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बन कार्यालयको टोलीले आज उद्धार गरेको छ ।
उद्धार गरिएको सो अजिङ्गरलाई टाढाको जङ्गलमा लगेर छोड्ने तयारी भई रहको चुलाचुली सब डिभिजन बन कार्यालयका बन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयले पालेका बाख्रा चरणमा छोड्ने गरिएको थियो । बाख्रा बेलुका देखी नै हराएपछि खोजी गर्ने क्रममा जङ्गलमा अजिङ्गर समेत फेला परेका हो । स्थानीय सुवास राईले पालेको बाख्रा अजिङ्गरले खाएको हो ।
अजिङ्गर समातेर हेर्दा पेटमा बाख्रा फेला परेको चुलाचुली सब डिभिजन बन कार्यालयका जमदार सन्त राईले बताए । करिब १० फिट लामो अजिङ्गर फेला परेपछि सो अजिङ्गरलाई उद्धार गरेर जङ्गलमा छोड्न लागिएको छ ।
Discussion about this post