इलाम । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै हुने भएको छ । ‘क्रायोथेरापी’ मेसिन उपलब्ध भएपछि त्यसम्बन्धी उपचार इलामबाट नै हुने भएको हो ।
यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हँुदै आएको थियो । उपचारका लागि इलामबाहिर रेफर गर्नुपर्ने अवस्था थियो ।
इलाम नगरपालिका वडा ७ को पहलमा य ो सम्भव भएको हो । वडा अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका सभापति सरोज बैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरिसकेका छन् ।
वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधि मार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले जानकारी दिइन् । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले उपचार शुरु गरेको संघका प्रमुख कमल सुवेदीले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठले वडाबासी सँगै सबै पाठेघरको क्यान्सरको लक्षण देखिएकाको उपचार गर्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको बताए ।
Discussion about this post