काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शङ्कास्पद रूपमा चलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेस प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौँको कीर्तिपुर बस्ने २४ वर्षीय पुरुषोत्तम यादवलाई गत सोमबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा यातायात व्यवस्था कार्यालयमा मोटर साइकलको अभिलेख फरक भएको पाइएको तथा सम्बन्धित कम्पनीमा बुझ्दा समेत उक्त मोटरसाइकल नेपालमा बिक्री वितरण नभएको बुझिन आएकोले थप अनुसन्धान तथा कारवाहिको लागि आज ९बुधवार० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
Discussion about this post