काठमाडौँ । अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरूमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ११ जना बेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरूमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन् ।
पाँचथर जिल्लाको विभिन्न ठाउँहरूमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ । यसै गरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ । धनकुटा जिल्लामा पहिरोको कारण २ जना बेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।
यसै गरी झापा जिल्लाका विभिन्न ठाउँमा डुबानमा परी ७७ स्थानहरूमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेका छन् ।
मोरङका विभिन्न ठाउँहरूमा डुबानमा परि ५८ स्थानहरूमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन् । यसै गरी रौतहटका १० स्थानहरुमा डुबानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ ।
धादिङमा खोलाले बगाई एक जना बेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । यसै गरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ ।
सिन्धुली जिल्लामा आएको बाढीले ५ स्थानहरूमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसै गरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरूमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन् ।
यसै गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन् । यसै गरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरूमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरूमा भौतिक क्षति भएको छ । उपत्यकाको ३ वटै जिल्लामा मोटर बोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ ।
Discussion about this post