काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवसायी भाटभटेनी सुपर स्टोरका सञ्चालक एवम मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गरेका छन ।
अमेरिकाको भ्रमण सकेर काठमाडौं आइपुगेका प्रधानमन्त्रीसँग भेट गरेर गुरुङ दम्पतीले सो चेक हस्तान्तरण गरेका हुन । प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा लेखेका छन , ‘‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक दिनुभयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’’
Discussion about this post