काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाढी पहिरो पीडितका लागि राहतको घोषणा गरेको छ ।
आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार सचिवहरूको ५ दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको ३, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको २ र अन्य कर्मचारीहरूको १ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
यस्तै, आयोगले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Discussion about this post