विराटनगर । नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार तथा छठ पर्व २०८१ को अवसरमा नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) पूर्वाञ्चलले शुक्रवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
ईक्यानका पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो।
चाडपर्वले नेपाली दाजुभाइबिच भाइचाराको सम्बन्ध प्रगाढ बनोस् र मुलुकमा दिगो शान्ति स्थापनाको कामना सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको ई क्यान पूर्वाञ्चलका सचिव दुर्लभ कार्कीले बताए।
कार्यक्रम विराटनगरको फन एण्ड फूड भिलेज रिसोर्टमा सम्पन्न भएको थियो। कार्यक्रममा ईक्यानका संस्थापक अध्यक्ष रोशन शर्मा, निवर्तमान अध्यक्ष प्रकाश लकान्द्री लगायतले शुभकामना मन्तव्य राखेका थिए।
Discussion about this post