अनिल भण्डारी
सिन्धुली । ओखलढुङगाबाट काठमाडौं जाँदै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा बा२ख ६५९६ नम्बरको बस भित्तामा ठोकिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको हो ।
बसमा सवारमध्ये २९ जना घाइते रहेको दाहालले बताए । घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौ लगिएको छ ।
सिकिस्त घाइते भएका अन्य ८ जनालाई हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रनाउ दाहालले प्रदेश खबरलाई बताए ।
सामान्य घाइते भएकाहरुको भने सिन्धुलीकै खुर्कोटमा रहेको शुभजीबन अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएकाहरुका मध्ये ३ जनाको सनाखत भएको र बाँकी ३ जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरुको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ओखलढुंगा लगिएको छ ।
बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Discussion about this post