इटहरी । एनवाइइएफ सुनसरी च्याप्टरको होस्टिङमा फागुन २६ गतेबाट इटहरीमा सुरु भएको दुईदिने नेशनल लिडरसिप कन्फ्रेन्स २०७९ भव्यताका साथ सम्पन्न भएको छ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको आर्थिक अवस्था सुधारका लागि युवा उध्यमसिल हुन आवस्यक रहेको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमहरुको आयोजना समय समयमा गरिरहनु पर्ने उल्लेख गरे ।
दुइ दिनसम्म चलेको नेशनल लिडरसिप कन्फ्रेन्समा युवाहरुको लिडरसिप क्षमता,दक्षताको बिकास, युवहरुबिच एकआपसमा भेटघाट साथै युवा शत्तिको आबश्यकता लगायत बिबिध बिषयमा छलफल भएको आयोजक (एनवाइइएफ) नेपाल युवा उद्यम मन्च सुनसरी च्याप्टर अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।
प्रत्येक बर्ष आयोजना हुँदै आएको कार्यक्रममा बिभिन्न देश तथा विदेशका युवा व्यवसायीहरुको उपस्थिति रहने गरेको छ । यो बर्ष रुपेश्वर गौरदास,भारतका अनुज अग्रवाल लगायत देशका ख्यातिप्राप्त बक्ताहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।
यस्तै कार्यक्रमको दोश्रो दिनमा स्कनका महासचिव रुपेश्वर गौरदासको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे गौरदासले युवा जनशक्ति दक्ष भए देश दक्षताको बाटोमा अघि बढ्न सक्ने बताए । उनले प्रत्यक युवामा नेत्रित्व गर्न सक्ने क्षमता अत्यावस्यक रहेको उल्लेख गरे ।
वक्ताहरुले युवाहरुको लिडरसिप क्षमता अभिवृद्दी गर्न अवस्यक विविद विषयहरुमा धारणा राखेका थिए । नेपालमा एन वाई इफका ११ वटा च्याप्टर रहेका छन् । देशभर ७ सय सदस्य रहेको च्याप्टरमा सुनसरीमा मात्र च्याप्टरमा ६० जना सदस्यहरु रहेको बताइएको छ ।
कार्यक्रममा देशभर रहेका च्याप्टरका कार्यसमितिका सदस्य मात्र ८० देखि १०० सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेशनल गभर्निंङ काउन्सिलका अध्यक्ष रितेश लामिछाने लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post