काठमाडौं : निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।
आयोगका अनुसार ३२ जना जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्रतांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो।
को कहाँ ?
Discussion about this post