काठमाडौं । बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ छेपट्टामा ३० वर्षीया दीपा बोहराले आफ्नै देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरायसी विवादका कारण दीपाले सुनिताको टाउकोमा चिर्पटले प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुकी ८ बजे जेठानी दीपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएकी थिइन्। घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ।
चिर्पटले हानेर देउरानीको हत्या गर्ने दीपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post