केराबारी । आसन्न स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केराबारीको खदम क्याम्पसमा तालाबन्दि गरेका छन् ।
चैत्र ५ गते हुने निर्वाचनको लागि उमेद्धार मनोनयन दर्ता गर्ने समयमा अखिलको नाममा मोरंग क्षेत्र नं.१ ख का सांसद तथा प्रदेश सभा सदस्य खड्गवहादुर वस्नेतको स्वकीय सचिव समेत रहेका संगम कन्दङवाले क्याम्पसको मुल गेटमा तालाबन्दि गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
स्ववियुको आसन्न निर्वाचनका लागि बुधबार उमेद्धारहरुको मनोनयन गर्ने कार्यसूचि रहेको थियो । स्ववियु निर्वाचनका लागि खड्गवहादुर कार्कीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिमा उमेद्धारी दर्ता गर्न क्याम्पस प्रशासनले विहान ७ देखि १० र मध्यान्ह ४ देखि ५ वजेसम्मका लागि समय तोकिएको थियो । तर उमेद्धारी दर्ता गर्नुपूर्व नै क्याम्पसमा कोही नभएको समयमा स्कुटरमा आएका कन्दङवाले तालाबन्दि गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
तालाबन्दि पछि संञ्जोग भण्डारीको नाममा प्रेसविज्ञप्ति जारी गरी विभिन्न अखिलले विभिन्न माग समेत राखेका छन् । चैत्र ५ गते हुन गइरहेको निर्वाचनलाई प्रभावित पार्ने ढंगले क्याम्पस प्रशासनले पक्षपात पुर्ण अप्रक्रियागत ढंगले क्रियाकलाप गरेको जनाउँदै अनिश्चित कालिन तालाबन्दि गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विद्यार्थी भर्नाको लिखित सूचना ननिकालेको,निर्वाचन समिति गठन ढिलाई गरिएको ,संगठन दर्ताको सूचना प्रकासित नगरिएको ,१९ गते भर्ना भएका केही विद्यार्थी अस्वाभाविक भएकाले उक्त भर्ना खारेज गरी सर्वदलिय सहमतिमा मात्र अघि वढ्नुपर्ने लगायतको माग राखेर विज्ञप्ति प्रकासन गरेको छ । यता निर्वाचन समितिले भने विहिबार सर्वदलिय बैठकबाट निकास निकाले पछि आवश्यक काम कार्वाही अघि वढाउने गरी निर्वाचन समितिले तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगन गरेको सुचना जारी गरेको छ ।
यता निर्वाचन समितिका संयोजक समेत रहेका खड्ग वहादुर कार्कीले अखिलले लगाएको आरोप सबै झुट भएको र सबै प्रक्रिया पुर्याएर नै गरेको बताएका छन ।
Discussion about this post