भोजपुर । सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालको शाखा कार्यालय तुम्लिङटारको आयोजनामा भोजपुरको पौवादुङमा गाउँपालिकाका सवै वडाहरुमा आँखा शिविर सम्पन्न भएको छ ।
निःशुल्क आखा शिविरमा ७ सय ५७ जनाको आँखा जाँच गरिएको थियो । गत फागुन २५ देखि ३० गतेसम्म संचालन भएको शिविरबाट ७५ जनाको मोतियाबिन्दु अप्रेसनका लागि केन्द्र रेफर गरिएको थियो । अस्पतालले सुनसरी,मोरंग, संखुवासाभासहितका जिल्लाका पालिकाहरुमा समेत आखा शिविर गरिसकेको छ । शिविरमा अन्धोपन निवारणका लागि सामाजिक सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालले यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको अस्पतालका संस्थापक सचिव तथा बरिष्ठ नेत्र विशेषज्ञ डा.पूजा गौतम राईले बताइन् ।
मोतिविन्दु अप्रेशन वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमको प्राविधिक टालीले सम्पन्न गर्ने अस्पताल प्रबन्धक भक्तबहादुर शाहिले बताए । शिविरमा ५ सय ७६ जना आँखाका बिरामीहरुलाई आवश्यक औषधिहरु निःशुल्क रुपमा बितरण गरिएको तुम्लिङटार आँखा उपचार केन्द्रका इन्चार्ज मुकेश कुमार महत्तोले जनाए ।
Discussion about this post