भक्तपुर । एकिकृत सरकारी कर्मचारी संगठन नेपालको केन्द्रिय अधिबेशन फागुन २६ र २७ गते भत्तपुरको बोडेस्थित कृषि बिकास बैँकको प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा र श्रमको सम्मान,सम्पुर्ण सरकारी कर्मचारीको एकिकृत संगठन,हाम्रो अभियान भन्ने नाराका साथ सम्पन्न प्रथम राष्ट्रिय अधिबेशनले गगनसिंह बिष्टको अध्यक्षतामा १ सय ३९ सदस्यीय केन्द्रिय कार्यसमिति र आयोगहरु निर्बाचित गरेको नवनिर्वाचित महासचिव प्रकाश राईद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
अधिबेशनले संघियतामा कर्मचारीहरुको बिबिधता अनुसारको एकिकृत संरचना,संघिय निजामति सेवा ऐन,वैज्ञानिक सरुवा प्रणाली अर्थात स्वचालित र अनुमानयोग्य सरुवा प्रणाली,कर्मचारीतन्त्रको लोकतान्त्रिकरण र अस्थायी,करार र ज्यालादारी कर्मचारीहरुको सरुवा बारे,शुसासन र कर्मचारिको आचारण,महिला राष्ट्रसेवक कर्मचारीहरुको सन्र्दभमा,उच्चस्तरीय तलब सुधार आयोगले फागुन २० गते बुझाएको प्रतिबेदन सार्बजनिक गर्न समेत महासचिब द्धारा जारी बिज्ञप्तीमा माग गरिएको छ ।
Discussion about this post