विराटनगर । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा मतदाता नामावलीको विषयलाई लिएर अनेरास्ववियुले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ ।
चुनावको अघिल्लो दिनसम्म मतदाता नामावलीलाई अन्तिम रुप नदिएर चलखेल गरिएको भन्दै उक्त संगठनले तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको आरोप पनि संगठनका प्रतिनिधिको छ ।
अरु क्याम्पसमा सरिसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश भएको जनाइएको छ ।
विवाद समाधान नभएसम्म ताला नखोल्ने अडान अनेरास्ववियुको छ । क्याम्पस प्रशासनले भने संवादका माध्यमले विवाद समाधान गर्ने जनाएको छ ।
Discussion about this post